×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमई बैंकसँग मर्जमा जान लागेको जनता बैंकको खुद नाफा १३.९६% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंकसँग मर्जमा जान लागेको जनता बैंकले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले ३६ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । जुन गत वर्षको सोहि अवधिको तुलनामा १३.९६% धेरै हो । गत वर्ष बैंकले ३२ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकका अधिकांश सूचकहरु सुधार आएको छ । जसमा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २५.४७% र १३.८९% ले बढाएको छ । बैंक वितरण योग्य नाफा १८ करोड ५३ लाख ९९ हजार रुपैयाँ रहेको छ । 
जनताको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेप संकलन र  कर्जा लगानीको  वृद्धि ३ प्रतिशत हाराहारीमा रहेको छ । असोज मसान्तसम्म बैंकले ७५ अर्ब ३ करोड ९० लाख निक्षेप संकलन गरि ६८ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।  यस्तै बैंकको खराब कर्जा पनि १.५४% बाट घटेर १.३३% कायम भएको छ । 
बैंकले हाल कायम चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार रुपैयाँबाट १२% लाभांश दिने घोषणा गरेको छ । बैंकले गत वर्षको नाफाबाट ६% बोनस सेयर र ६% नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४८ करोड ८ लाख ३३ हजार रुपैयाँ पुग्नेछ । 
यस्तै बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ २४ पैसाले बढेर १८ रुपैयाँ ३४ पैसा पुगेको छ भने नेटवर्थ १३७ रुपैयाँ ५० पैसा रहेको छ । यस अवधिमा बैंकको पूँजी कोष अनुपात १३.०६%, कर्जा निक्षेप अनुपात ७९.९४%, आधारदर १०.१३%, स्प्रेडदर ४.९५% र कोषको लागत ७.५३% रहेको छ ।
हाल ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जर प्रक्रियामा रहेका छन् । दुबै बैंकले मर्ज सम्बन्धी प्रस्ताव पारित गर्न मंसिर २ गते विशेष सभा बोलाएका छन् । मर्जर प्रक्रियाका कारण हाल ग्लोबल र जनता दुवैको सेयर कारोबार रोक्का छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: