९ लाख रुपैयाँसहित ४३ जना जुवाडे प्रहरीको नियन्त्रणमा !

काठमाडौं– प्रहरीले मंगलबार राति जुवाविरुद्धको अपरेशन सञ्चालन गरेको छ । प्रहरीले संचालन गरेको उक्त अपरेशनमा ९ लाख रुपैयाँसहित ४३ जना जुवाडे पक्राउ परेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीका अनुसार प्रहरीले राजधानीका महाराजगञ्ज, स्वयम्भू, कीर्तिपुर, बौद्धलगायतका स्थानमा एकै साथ अपरेशन चलाएको थियो ।
प्रकाशित मिति : Wednesday, November 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal