नेपाल राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै !


काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गरी कात्तिक २५ गते सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्ने जानकारी दिएको हो ।

राष्ट्र बैंकले ९१ दिने अवधिका लागि १० करोड र १८२ दिने अवधिका लागि २ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

९१ दिने अवधिको ट्रेजरी बिल आगामी माघ २८ गते परिपक्व हुनेछ भने १८२ दिने अवधिको बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ ।
प्रकाशित मिति : Sunday, November 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal