प्रधानमन्त्री ओली ग्राण्डीमा : तेस्रो पटक मृगौलाको डायलाइसिस गरिँदै

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो पटक डायलाइसिस गर्न ग्राण्डी अस्पताल पुगेका छन् । आइतबार बिहान प्रधानमन्त्री ओली बालुवाटारबाट डायलासिस गर्न ग्राण्डीतर्फ प्रस्थान गरेको बालुवटार उच्च स्रोतले जनाएको हो ।  

उता, प्रधानमन्त्री अस्पताल जानुपर्नेभएपछि मन्त्रिपरिषद बैठक समेत पछि सरेको छ । बिहान ११ बजेलाई राखिएको मन्त्रिपरिषद बैठक पछि सरेको हो । स्रोतकाअनुसार अब मन्त्रिपरिषद बैठक ३ बजेपछि मात्रै बस्ने भएको छ ।

प्रधानमन्त्रीको गत बुधबार पहिलो र बिहीबार दोस्रो हेमोडायलाइसिस गरिएको थियो । 
प्रकाशित मिति : Sunday, November 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal