स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री सचिवालयका सञ्चारविज्ञ रामसरण बजगाईँका अनुसार स्वास्थ्यमा समस्या आएपछि ओली मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टरमा पुगेका हुन् । 

चिकित्सकहरुले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या भएका प्रधानमन्त्री ओलीले केही समयदेखि ग्रान्डी अस्पतालमा नियमित डाइलाइसिस गराइरहेका छन्।
प्रकाशित मिति : Tuesday, November 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal