×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी बैंकको वित्तीय विवरण : खुद नाफा १४.२६% ले वृद्धि, अन्य सूचकको अवस्था कस्तो ?

काठमाडौँ । आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा कुमारी बैंक लिमिटेडले  खुद नाफा १४.२६% ले बढाएर ४० करोड १९ लाख ८८ हजार रुपैयाँ कमाएको छ । गत वर्षको सोहि अवधिमा बैंकले ३५ करोड १८ लाख ३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिसम्म आउँदा बैंकको अधिकांश सूचकमा सुधार आएको छ । असोज मसान्तसम्म वितरण योग्य नाफा २५ करोड ४८ लाख ८९ हजार रुपैयाँ रहेको बैंकले खुद ब्याज आम्दानी पनि बढाएको छ ।  कुमारीको उक्त सूचक १२.३३% ले बढेको छ । निक्षेप संकलन र कर्जा लगानी क्रमशः ७.९६% र १३.८९% ले बढेको छ । 
९ अर्ब ५५ करोड ४१ लाख ३० हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा २ अर्ब २४ करोड १७ लाख ८० हजार राखेको छ । प्रथम त्रैमासमा बैंकले ९१ करोड ८५ लाख ४९ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा १२.३३% ले बढी हो । यस्तै बैंकको सिसिडि रेसियो ७९.८०%, पुँजीकोष अनुपात ११.५७%, खराब कर्जा १.०५%, आधार ब्याजदर १०.६८%, कोषको लागत ७.२२% र ब्याजदर अन्तर (स्प्रेड रेट) ३.७५% रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ३९ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: