×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ललितपुर महानगरपालिकाद्धारा सम्पदासम्बन्धि अन्तराष्ट्रिय सम्मेलन गर्ने घोषणा ! (भिडियो रिपोर्ट)

काठमाडौँ । ललितपुर महानगरपालिकाले सम्पदासम्बन्धि अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै जिल्लामा रहेका कला र संस्कृतिहरुको संरक्षण गर्न आवश्यक सुझाव लिने उद्देश्यले अन्तराष्ट्रिय स्तरको सम्पदा सम्मेलन गर्ने योजना तय गरिएको जानकारी दिनु भएको हो ।
सिटीनेट नामक महानगरपालिकाहरुको अन्तराष्ट्रिय स्तरको नेटवर्कको कार्यकारी सदस्य समेत रहेको ललितपुर महानगरपालिकाको संयोजनमा ३८औं कार्यकारी समितिको मिटिङ पनि सुरु भएको छ । बैठकमा नगर विकासका विभिन्न अवधारणाबारे छलफल भईरहेको पनि मेयर महर्जनले जानकारी दिनुभयो ।
ललितपुर महानगरपालिका सो नेटवर्कको कार्य समितिमा निर्वाचित भएपछि त्यसको कार्यकारी समितिको बैठक नेपालमा आयोजना गरिएको हो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: