×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

माछापुच्छ्रे बैंकले कमायो ३७ करोड ६० लाख ५ हजार रुपैयाँ खुद नाफा, अन्य सूचकको अवस्था कस्तो ?

काठमाडौं । माछापुच्छ्रे बैंकले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकको खुद नाफामा सामान्य अंकले सुधार भएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद नाफा १.१६% ले बढेर ३७ करोड ६० लाख ५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा बैंकले ३७ करोड १६ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा १५ करोड ५ लाख ४५ हजार रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । बैंकका यी दुई महत्वपूर्ण सूचक क्रमश : १३.०४% र ३.२८% ले बढेको हो । 
चालु आर्थिक वर्षको तीन महिनासम्ममा बैंकले ९१ अर्ब २७ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरी ८३ अर्ब ६३ करोड ८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको खराब कर्जा ०.१६% ले घटेर ०.३१% मा आएको छ । 
त्यसैगरी असोज मसान्तसम्म बैंकको आधारदर १०.५६% रहेको छ भने  प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७८ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ६४ पैसा रहेको छ । असोज मसान्तमा बैंकको कोषको लागत ७.५७%, आधारदर १०.५६%, पूँजी कोष अनुपात १३.८९% र कर्जा निक्षेप अनुपात ७७.०८% रहेको छ ।
चुक्ता पूँजी ८ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ रहेको बैंकको जगेडामा २ अर्ब ६ करोड ७५ लाख रुपैयाँ संचित छ । माछापुच्छ्रे बैंकले गत वर्षको नाफाबाट प्रस्ताव गरेको १६% लाभांश साधारण सभाबाट पारित भइसकेको छ । बैंकले ५% बोनस सेयर र ११% नगद लाभांश पारित गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: