×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

घुस लिएको आरोपमा मालपोत कार्यालयका कर्मचारी अख्तियारको नियन्त्रणमा !

काठमाडौँ । मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् । उक्त कार्यालयमा कार्यरत कर्मचारी सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका हुन् । 
पक्राउ पर्नेमा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउ रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग २० हजार घुस लिएको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो । 
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार जसपाउले सेवाग्राहीसँग जग्गा नामसारी र लालपुर्जा दिने कार्यमा सजिलो गराइदिने भन्दै घुसबापतको रकम लिइसकेको अवस्थामा उनलाई मालपोत कार्यालय परिसरबाट नै अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको  हो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: