×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मन्त्रिपरिषद् पुनर्गठनः ८ मन्त्री बर्खास्त, अर्थमन्त्री फाल्गुन अन्तिमसम्म रहने (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद पुनर्गठन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पार्टीको सचिवालय बैंठकमा छलफल सकिसकेपछि साँझ मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरेका हुन् । 
राष्ट्रपति कार्यालयले जारी गरेको सुची अनुसार अनुहारमा बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी,मोतिलाल दुगड र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री बन्ने भएका छन् ।
उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा, अर्थमन्त्री डा. युवराज खतिवडा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत रहनेछ ।
वर्तमान मन्त्रीपरिषदबाट हटाइनेहरुमा भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, कृषीमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृष्णराज्यमन्त्री रामकुमारी चौधरी रहेका छन् ।
यता अर्थमन्त्री खतिवडाभने फाल्गुण अन्तिमसम्म मन्त्री रहनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: