×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘जबसम्म हामी आफैं उत्पादन गर्दैनौ तवसम्म मुलुकमा व्यापार घाटा कायमै रहन्छ’ : मन्त्री यादव (भिडियो)

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताउनु भएको छ । मन्त्री यादवले आफ्नै पूँजी र सीपको प्रयोग गरेर जबसम्म हामी आफैं उत्पादन गर्दैनौं, तवसम्म मुलुकमा व्यापार घाटा कायमै रहने प्रष्टयाउनु भएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राष्ट्र निर्माणका लागि आवश्यक पूँजी र प्रविधि मुलुक भित्रै रहेको दावी गर्दै त्यसको सदुपयोग गरेर अघि बढन सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । नेपाल बनाउन नेपाली आफैंले सोच्नुपर्ने मन्त्री यादवको भनाई छ । ‘नेपाल बनाउनलाई हामी आफैं सोचौं र आपसी सहकार्य गरौं,’ मन्त्री यादवले भन्नु भयो, ‘सहकार्य गर्नतिर बढि कोसिस गरौं, हामी सबैको क्षमता मिलायो भने नेपाल बनाउने हामीसँग सीप पनि छ, पूँजी पनि हुन्छ ।’ उहाँले बाह्य पूँजी र प्रविधि भित्र्याउन सकिन्छ तर बढि जोड आन्तरिक पूँजी र प्रविधिको परिचालन गरेर मात्रै मुलुकलाई बनाउन सकिने पनि पटकपटक दोहो¥याउनुभयो ।
मन्त्री यादवले देश भित्रै आपसी सहकार्यको अभावमा नेपाल बनाउने काममा अलमल भईरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले सबैभन्दा महंगो गाडी चढने तर त्यसको उत्पादन नगर्ने मानसिकता कायम रहँदासम्म मुलुकमा व्यापार घाटा भईरहने तर्क पनि गर्नुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: