संसदीय समितिले कालापानीबारे छलफल गर्न प्रधानमन्त्रीलाई बोलायो !


काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छलफलका लागि बोलाएको छ । समितिले भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीलाई बोलाएको हो ।

नेपालको भूभागलाई आफ्नो देशको नयाँ नक्सामा भारतले समावेश गरेको विषयमा प्रधानमन्त्री ओलीसहित सम्बद्ध सरोकारवाला पक्षसँग समेत छलफल गरिने पनि बताइएको छ । यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि सोही विषयमा छलफल गर्न परराष्ट्रमन्त्रीलाई बोलाएको छ ।

शनिवार सरकारले यही विषयमा राष्ट्रिय एकता र सुझावका लागि सर्वपक्षिय बैठक बोलाएको थियो । भारतीय नयाँ नक्सामा नेपाली भूभाग (लिपुलेक, कालापानी) परेको भन्दै नेपालमा सर्वत्र विरोध भइरहेको छ । तर, भारतले नेपाली भूभाग नपरेको दाबी गर्दै आएको छ ।

यस विषयमा राज्य ब्यवस्था समितिले चासो देखाएको हो ।
प्रकाशित मिति : Sunday, November 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal