×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार नेपाल आउँदै, के – के छन् कार्यक्रम ?

काठमाडौं । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद कात्तिक २६ गते (मंगलबार) नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति हमिदले कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण गर्ने भएका हुन् । 
राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनको जम्बु प्रतिनिधिमण्डलको सम्मानमा राजकीय भोज आयोजना गर्नेछिन् ।
उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बङ्गलादेशका राष्ट्रपतिसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । साथै हमिदसँग नेपालका राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन् । नेपाल बसाइका क्रममा बङ्गलादेशका विशिष्ट अतिथिले पोखराका साथै काठमाडौँ उपत्यकाका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका स्थलको भ्रमण गर्नेछन् ।
परराष्ट्रका मन्त्रालयका अनुसार बंगलादेशका राष्ट्रपति नेपाल भ्रमण पूरा गरेर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: