×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि दरखास्त आह्वान, यस्ता छन् माग गरिएका योग्यता ! (सूचनासहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ मंसिर २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि दरखास्त आह्वान, यस्ता छन् माग गरिएका योग्यता ! (सूचनासहित)

काठमाडौँ । पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पदका लागि खुला दरखास्त आह्वान गरिएको छ । अध्यक्ष सिफारिस गर्न अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले शुक्रबार दरखास्त आह्वान गरेको हो । 
समितिले योग्यता पुगेका र आवश्यक अनुभव हाँसिल गरेका इच्छुक व्यक्तिहरुलाई १५ दिन भित्र दर्खास्त दिन आह्वान गरेको हो । 
अर्थ मन्त्रालयले बोर्डको अध्यक्ष सिफारिस गर्नको लागि राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फयुालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । जसमा रामकुमार फयुाल, शिशिर ढुंगाना र सिए कृष्ण आचार्य रहेका छन् । 
गठित समितिले बोर्ड अध्यक्षको लागि ३ जनाको नाम सिफारिस गर्नेछ । जसमा एक जना बोर्ड अध्यक्षमा नियुक्त हुनेछन्  । यसअघि बोर्डबाट डा.रेवतबहादुर कार्कीले ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिसकेका छन् । उनी बाहिरिएसँगै लामो समयदेखि बोर्डमा अध्यक्ष पद रिक्त रहेको थियो ।
थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: