×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा १९.९३% ले गिरावट, खराब कर्जा १.६३% ले बढ्यो !

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधिमा बैंकको खुद नाफा घटेसंगै अधिकांश सूचकहरु गिरावट आएको वित्तीय विवरण प्रकाशित भएको हो । बैंकको नाफा १९.९३% ले घटेर ८४ करोड ४४ लाख २१ हजार रुपैयाँमा खुम्चिएको छ । गत वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ५ करोड ४६ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ४२ करोड ३७ लाख ७६ हजार रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि गिरावट आएको छ । यी दुई सूचक क्रमश : ४.१७% र १९.९३% ले घटेका हुन् । 
यद्यपि बैंकको खराब कर्जा १.६३% ले बढ्नु पनि नाफा घटेको देखिएको छ । यस्तै पुँजी २०.८९% ले बढ्दा पनि नाफा घटेको छ । जसको असर प्रतिसेयर आम्दानीमा पनि देखिएको छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ३८ पैसाले घटेर २६ रुपैयाँ २५ पैसामा आएको छ । 
बैंकले यस अवधिमा १ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३० अर्ब रुपैयाँ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले १ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकको जगेडा कोषमा पनि १० अर्ब ४२ करोड रुपैयाँ मात्र संचित छ । गत वर्षको सोहि अवधिमा बैंकको उक्त कोषमा १० अर्ब ५३ करोड रुपैयाँ रहेको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: