शिबराज श्रेष्ठ बर्खास्ती प्रक्रिया अगाडी बढ्यो, राष्ट्र बैंकले गठन गर्यो छानविन समिति !

काठमाडौं । एनसेल करछली र बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा लुकाउन सहयोग गरेको अभियोग लागेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको बर्खास्ती प्रक्रिया अगाडी बढेको छ । श्रेष्ठको यस्तो प्रक्रिया अगाडी बढेसँगै राष्ट्र बैंकले छानबिन समिति गठन गरेको छ । गभर्नर डा. चिरञ्जीवी नेपालको अध्यक्षतामा सोमबार बसेको राष्ट्र बैंक बोर्ड बैठकले ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । 

सदस्यमा राष्ट्र बैंक सञ्चालक समितकै सदस्यहरु सुवोधकुमार कर्ण र रामजी रेग्मी रहेका छन् । छानविन समितिले प्रतिबेदन बुझाएपछि कारवाही या सफाई पाउनेछन् । मन्त्रीपरिषदको बैठकले छानविन गरी कारवाही गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको थियो । मन्त्रीपरिषदको निर्देशनअनुसार श्रेष्ठमाथि छानबिन शुरु गरिएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

चार बर्षअघि श्रेष्ठ कांग्रेस कोटाबाट डेपुटी गभर्नर बनेका थिए । श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसनधानमा सरकारलाई असहयोग गरेको, बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा लुकाउन सहयोग गरेको लगायतका अन्य आरोप पनि लागेको छ ।
प्रकाशित मिति : Monday, November 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal