एनआईसी एसिया बैंक लिमिटेडले गर्यो नयाँ ब्याजदर सार्वजनिक, बचत र कर्जामा कति ?

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले नयाँ सार्वजनिक गरेको छ । बैंकले हाल ६३ वटा बचत खाता सञ्चालमा ल्याएको छ । एनआइसी एसियाका ग्राहकले २७ प्रकारका कर्जा लिइरहेका छन् । 

यस्तै बैंकको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.२५ र संस्थागत तर्फ ८.५० प्रतिशत रहेको छ । बैंकले बचतमा सबैभन्दा बढी ६.५ र कम ४.५ प्रतिशत ब्याज दिनेछ । 

बैंकबाट ऋण लिंदा सबैभन्दा बढी १६.५२ प्रतिशत ब्याज लाग्ने छ भने कम ११.५२ प्रतिशत ब्याज तिर्नुपर्नेछ । बैंकले बाणिज्य, कृषि शिर्षकका ऋणमा ११.५२ प्रतिशत ब्याजदर तोकेको छ भने होम लोन, अटो लोन, शैक्षिक धितोकर्जा, शैक्षिक धितोकर्जामा १६.५१ प्रतिशत ब्याजदर तोकेको छ । 

कात्तिक मसान्तसम्मको बैंकको आधार दर ९.५२ प्रतिशत रहेको छ । बैंकको आधार दर असोज महिनामा ९.५१ प्रतिशत रहेको थियो ।
प्रकाशित मिति : Wednesday, November 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal