×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बारामा निर्धन उत्थान लघुवित्तका कर्मचारी लुटिए !

काठमाडौँ – बारामा निर्धन उत्थान लघुवित्तका एक कर्मचारी लुटिएका छन् । मंगलबार बिहान बाराको प्रसौनीस्थित फेटा गाउँपालिका–२ जगतपुर टोलमा रकम संकलन गर्न गएका बेला लघुवित्तका कर्मचारी जीवन खड्का लुटिएका हुन् । 
हतियारसहित भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली फायर गर्दै खड्काको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर भारततर्फ भागेको बाराका प्रहरी उपरीक्षक विकास राज खनालले जानकारी दिए। 
बाराका प्रहरी उपरीक्षक खनालका अनुसार लुटेराको खोजीका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: