प्रधानमन्त्री ओलीका सबै सल्लाहकार र सहयोगीले दिए राजीनामा !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सबै सल्लाहकार र सहयोगीले राजीनामा दिएका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार कुन्दन अर्यालसहित १३ जनाले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि प्रमखु सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, सूचना प्रविधि सल्लाहकार अस्गर अली, प्रेस संयोजक चेतन अधिकारी, स्वकीय सचिव इन्द्र भण्डारी र सचिवालयका रामशरण बजगाईंले मंसिर १ गतेदेखि लागु हुनेगरी सामूहिक राजीनामा दिन लागेका हुन् ।
प्रकाशित मिति : Sunday, November 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal