×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रसुवागढी–काठमाडौं ‘रेल वे’ को विस्तृत अध्ययन प्रतिवेदनको काम सुरु गर्ने सहमति ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

रसुवागढी–काठमाडौं ‘रेल वे’ को विस्तृत अध्ययन प्रतिवेदनको काम सुरु गर्ने सहमति ! (भिडियो रिपोर्ट)

काठमाडौँ । चीनले रसुवागढी–काठमाडौं रेल वे सेवा निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनाउने काम सुरु गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको नेशनल रेल वे एडमिनिस्ट्रेशनको मंगलबार काठमाडौंमा बसेको पाँचौ बैठकले सो रेल सेवा निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनाउने कामलाई सुरु गर्ने सहमति गरेको हो । 
सो रेल सेवाको विस्तृत अध्ययन प्रतिवेदनको कामलाई तत्काल सुरु गर्ने सहमति चिनिया पक्षसँग गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिनु भयो । यता, नेपाली पक्षले भने त्यसका लागि आवश्यक सुरक्षा र वातावरणीय प्रभाव मूल्यांकनको काममा सहयोग पु¥याउने पनि सहमति पत्रमा उल्लेख गरिएको छ । चीनले अव रेल वे निर्माणका लागि सर्भे, भौगर्भिक अध्ययनलगायतका कामलाई तत्काल अघि बढाउने पनि सचिव कार्कीले बताउनुभयो ।
यस अघि चिनिया राष्ट्रपति सी जिन फिङको नेपाल भ्रमणको क्रममा सो रेल वे निर्माणको कामलाई अघि बढाउने औपचारिक समझदारी भएको थियो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: