×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राबा बैंकका कर्मचारी मृत्यु प्रकरण : मापसे गर्नु कर्मचारीको गल्ती, सतर्कता नअपनाउनुमा बैंक दोषी ! (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

राबा बैंकका कर्मचारी मृत्यु प्रकरण : मापसे गर्नु कर्मचारीको गल्ती, सतर्कता नअपनाउनुमा बैंक दोषी ! (भिडियो)

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकको लम्की शाखाका एक कर्मचारी छतबाट खसी मृत्यु भएको प्रकरणमा कर्मचारी र बैंक दुवै असावधानी देखिएको छ । बरण्डामा ग्रील नहालिएको र पूर्ण रुपमा ‘फिनिसिङ’ नभएको भवनमा बैंकको शाखा राख्नु, र आफ्ना कर्मचारीको रक्सी पिईरहने बानी छ भन्ने जान्दाजाँदै त्यस्तो धरापका बीच कर्मचारीलाई काममा राख्नु बैंकको गल्ती देखिएको छ भने बैंकको भवनमा ग्रील छैन भन्ने जान्दा जाँदै मापसे गरेर त्यतै फोनमा व्यस्त हुनु मृतककोसमेत लापरवाही देखिएको छ । बैंकको कैलाली जिल्लाको लम्की शाखामा कार्यरत दार्चुलाको मालिकार्जुन गाउँपालिकाका ४६ वर्षीय दयाकृष्ण पन्तको ‘ड्युटी’कै क्रममा उक्त शाखाकै दोस्रो तलाबाट खसेर मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्दका अनुसार उक्त शाखा कार्यालयमा सहयोगी पदमा कार्यरत पन्तको छतबाट खसेर उपचारका क्रममा मृत्यु भएको हो । ‘सोमबार राती बैंकको छतबाट खसेपछि नीजलाई टिकापुर अस्पताल लागिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै चन्दले भने, ‘उक्त भवन निर्माणाधीन रहेकाले ग्रील थिएन । त्यहींबाट पन्त खसेको पाइयो ।’ घटना के कारणले भएको हो भन्ने कुरा भने अझै अनुसन्धानकै क्रममा रहेको उनको भनाइ छ । ‘बाँकि अनुसन्धान गर्दैछौँ । अनुसन्धान सकिएपछि छतबाट खस्नुको कारण थाहा हुनेछ ।’ उनले भने ।
ता बैंकका शाखा प्रबन्धकले भने मापसे गरेका कारण दुर्घटना भएको बताएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै लम्की शाखाका शाखा प्रबन्धक गोबिन्द देव भट्टले भने, ‘उहाँको रक्सी पिउने बानी थियो । घर निर्माणाधीन भएकाले माथि ग्रिल थिएन । त्यहींबाट उहाँ खस्नुभएछ । उपचारका लागि लगिएपनि उहाँलाई बचाउन सकिएन । अहिले उहाँको शब टिकापुर अस्पतालमा राखिएको छ ।’ 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: