×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल पुर्नबीमा कम्पनीको डेढ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन प्रकृया अन्तिम चरणमा !

काठमाडौँ । नेपाल पुर्नबीमा कम्पनीको डेढ अर्ब रुपैयाँको आईपीओ निष्काशन प्रकृया अन्तिम चरणमा पुगेको छ । कम्पनीको छैटौं वार्षिक उत्सव कार्यक्रममा बोल्दै अध्यक्ष महेश कुमार गुरागाईले आईपीओ निष्काशन प्रकृया अन्तिम चरणमा पुगेको जानकारी दिए । 
नेपाल धितोपत्र बोर्डसँग कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्काशन गर्नका लागि अनुमति मागिसकेको छ। बोर्डबाट अनुमति पाउने वितिकै कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्ने अध्यक्ष गुरागाईले बताए । कम्पनीको अधिकृत पूँजी १५ अर्ब, जारी पूँजी १० अर्ब, र चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ।
कम्पनीको उक्त आईपिओलाई इक्रा नेपालले ‘इक्रा एनपि आईपीओ ग्रेड २’ रेटिङ्ग प्रदान गरिसकेको छ । सो  आईपीओ बिक्री प्रबन्धकमा कम्पनीले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: