नेकपाको सचिवालय बैठक आइतबार अपरान्ह ४ बजे बस्दै, के छन् एजेण्डा ?

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बस्ने भएको छ । सचिवालय बैठक अपरान्ह ४ बजे बोलाइएको नेकपा महासचिव बिष्णु पौडलले जानकारी दिए । 

नियमित एजेण्डामाथिनै छलफल हुने भन्दै उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली सबै नेताहरुसँग परामर्शमा रहेको बताए । यत्सै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्ने पनि बताइएको छ। साथै डा.गोविन्द केसीका मागलगायतबारेमा छलफल हुने अर्का एक नेताले बताए ।

नेकपा सचिवालयमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेललगायत ९ जना सदस्य रहेका छन् । 

प्रधानमन्त्री ओली शनिबार हेमोडायलासिस गरि अस्पतालबाट फर्किएका थिए । 

प्रकाशित मिति : Sunday, November 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal