×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सहयोगी विकास बैंकका पूर्वसञ्चालक समिति सदस्य दिपेन्द्रकुमार यादव जेल चलान, यस्तो छ कारण !

काठमाडौँ । सहयोगी विकास बैंक सञ्चालक समितिकाका पूर्व सदस्य दिपेन्द्रकुमार यादव पुर्पक्षका लागि जेल चलान भएका छन् । धनुषा जिल्ला अदालतले जनकपुरधाम वडा नम्बर ७ का लालबाबु रौनियारको जग्गा ठगी गरी बिक्री गरेको अभियोगमा यादवलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।
रौनियारको जग्गा धितोमा राखेर यादवले ५० लाख रुपैयाँ रौनियारलाई नै कर्जा दिएका थिए । कर्जा लिएको ८ वर्ष पछि चुक्ता पूँजी ७३ लाख रुपैयाँ बुझाएका थिए । यादवले उक्त जग्गा बिक्री गरेको सूचना पाएपछि उनले यादवविरुद्ध धनुषा जिल्ला अदालतमा ठगी तथा जालसाजीको मुद्दा जाहेरी दर्ता गराएका थिए ।
उक्त मुद्दामा अदालतले पुर्पक्षका लागि जेल चलान गरेको अदालतका श्रेस्तेदार यज्ञप्रसाद आचार्यले जानकारी दिए । पीडित रौनियारले करिब ८ वर्षअघि महोत्तरीको बर्दिवासमा रहेको ५ कट्ठा जग्गा व्यक्तिगत रुपमा यादवकहाँ धितो राखि ५० लाख रुपैयाँ ऋण लिएका थिए । रौनियारले यादवलाई ७३ लाख रुपैयाँ तिरे पनि जग्गा  भने फिर्ता पाएका थिएनन् । 
यादवविरुद्ध ६ वर्षअघि जिल्ला अदालत धनुषामा रौनियारले मुद्दा दायर गरेका थिए । यता, बैंकले यादवलाई सञ्चालक समितिको सदस्यबाट पदमुक्त गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: