×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

साल्ट ट्रेडिङ कर्पोरेशनका कार्यालय प्रमुखसहित ३ जनाबिरुद्ध मुद्धा दायर, यस्तो छ कारण !

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड विराटनगरका तत्कालीन कार्यालय प्रमुख नविनचन्द्र झासहित तीन जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । आयोगले कार्यालय प्रमुख नविनचन्द्र झासहित तीन जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो । 
मुद्धा दायर गरिएकामा कार्यालय प्रमुख नविनचन्द्र झा, भण्डारण शाखाका इन्चार्ज दिलचन्द्र राई, असिस्टेण्ट खगेन्द्र बस्नेत र कर्पोरेसनका उच्च तहका हाकिम रहेका छन् । 
आयोगले उनीहरुलाई कार्यालयको गोदामहरुमा भएको रासायनिक मलमा अनियमितता गरेको भन्दै मुद्धा हालेको हो । केन्द्रीय कार्यालयले भण्डारण शाखाका इन्चार्ज दिलचन्द्र राईलाई समेत निलम्बन गरेको छ। उनीहरुलाई कार्यालयको गोदाममा राखेको १९ लाख ७ हजार ३५० रुपैयाँ बराबरको रासायनिक मलमा मिलेमतो भई हिनामिना भएको अरोपमा लागेको छ । 
आयोगले हानि नोक्सानी भएको विगो १९ लाख सात हजार ३५० रुपैयाँ असुल उपर गर्न माग गरी मुद्धा दायर गरेको हो।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: