×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय विवरण : खुद नाफा ६४% ले वृद्धि गरी कमायो ५ करोड ४८ लाख १६ हजार रुपैयाँ !

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सुयोग श्रेष्ठको नेतृत्वमा अगाडी बढिरहेको बैंकले खुद नाफा ६४% ले वृद्धि गरी ५ करोड ४८ लाख १६ हजार रुपैयाँ कमाउन सफल भएको छ । बैंकले गत वर्षको सोहि अवधिमा ३ करोड ३४ लाख २४ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । 
यस अवधिमा बैंकको खुद ब्याज आम्दानीमा पनि ११.०३% ले वृद्धि भई २७ करोड २६ लाख ९० हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा पनि ६ करोड ३५ लाख रुपैयाँबाट बढेर ७ करोड ८८ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १७ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । असोजसम्म बैंकको चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार रुपैयाँ रहेको छ । 
बैंकको रिजर्भ कोषमा ५७ करोड ४६ लाख रुपैयाँ संचित रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा पनि २.४०% बाट घटेर ०.९४% मा सीमित भएको छ । 
बैंकको बेस रेट ११.२४% रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ०२ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: