×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ !

काठमाडौँ । नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बिहीबार शीतलनिवासमा आयोजित समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई शपथ ग्रहण गराएकी हुन् । 
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित भएका थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेलुका आफ्नो नेतृत्वको मन्त्रीपरिषद्मा ६ मन्त्री र ३ राज्यमन्त्री गरी जम्मा ९ जनालाई समावेश गरेका थिए । 
पुनर्गठित मन्त्रिमण्डलमा हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङले शपथ लिएका हुन् भने मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरले राज्यमन्त्रीको शपथ लिएका हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: