साढे ८१ करोड बराबरको बोनस सेयर वितरण गर्दै सनराइज बैंक, कति पुग्छ चुक्ता पूँजी ? (भिडियो रिपोर्ट)

काठमाडौँ । सनराईज बैंकले ८१ करोड ५२ लाख भन्दा बढिको बोनस सेयर वितरण गर्ने भएको छ । सनराईज बैंकको शुक्रबार काठमाडौंमा सम्पन्न १२ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको लाभांशबाट ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संचालक समितिका अध्यक्ष मोतीलाल दुगड रहेको सो बैंकको चुक्ता पूँजी ८ अर्व भन्दा बढि रहेको छ ।

२०६४ साल आश्विन २५ गते स्थापना भएको सो बैंकको हालसम्म १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउन्टर, १४३ वटा एटिएम सेवा संचालनमा रहेका छन । हेर्नुहोस् भिडियो :
प्रकाशित मिति : Friday, November 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal