×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

टुटल र पठाओको सेवा रोक्न सरकारको यस्तो सूचना, होलान् त सधैलाई ब्याण्ड ! (सूचनासहित)

काठमाडौं । निजी प्रयोजनमा दर्ता भएका टुटल, पठाओलगायतका मोटरसाइकलहरुलाई सेवा रोक्न सरकारले चेतावनी दिएको छ । यातायात व्यवस्था विभागले निजी प्रयोजनमा दर्ता भएका उक्त सवारीलाई सार्वजनिक प्रयोग नगर्न एक सुचना जारी गर्दै चेतावनी दिएको हो । 
विभागले निजी प्रयोजनमा दर्ता भएका टुटल, पठाओलगायतका मोटरसाइकलहरुले कानूनको उल्लंघन गरी भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जानकारी दिएको छ ।
‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ ९२० मा निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन र दफा १२ मा कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन भन्ने कानुनी व्यवस्था भएको छ’,  यातायात व्यवस्था विभागले सार्वजनिक गरेको सूचनामा  उल्लेख छ । 
यस्तै ‘कानूनको उलङ्घन गरी निजी सवारी साधनलाई सार्वजनिक यातायात सेवाको रुपमा प्रयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने व्यहोरासमेत जानकारी गराइन्छ’, उक्त सूचनामा भनिएको छ ।
विभागले जारी गरेको यो सूचनाले निजी सवारीलाई सार्वजनिक रुपमा प्रयोग गरिरहेका टुटल, पठाओलगायतका मोटरसाइकलमा यात्रु बोक्ने सेवा प्रभावित हुने भएको छ । 
यसो त यसअघि पनि विभागले यस्तै कारवाही थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कारवाही रोक्न र निजी सवारीलाई भाडामा यात्रु बोक्न दिन निर्देशन दिएका थिए । त्यसपछि पुनः यो विषय साम्य भएको थियो ।

हेर्नुहोस् यातायात व्यवस्था विभागले जारी गरेको सूचना जस्ताको तस्तै : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: