कृषि विकास बैंकले ३०% लाभांश दिंदै, बोनस सेयर र नगद कति ?

काठमाडौं - कृषि विकास बैंकले ३०% लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ६% बोनस सेयर र कर सहित २४% नगद लाभांश दिने निर्णय गरेको हो । साथै, बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६% नगद लाभांश दिने जनाएको छ । 
बैंकको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Tuesday, December 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal