अरुण काबेली पावरले पुस १५ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं - अरुण काबेली पावरले पुस १५ गते साधारणसभा डाकेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते देखी पुस १५ गते सम्म बुक क्लोज गर्ने भएको छ । पुस ७ गते सम्म कायम सेयरधनीले मात्र उक्त साधारण सभामा प्रवेश गर्न पाउनेछन् ।

उक्त सभा इन्द्रेणी फूड ल्याण्ड, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।

प्रकाशित मिति : Tuesday, December 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal