×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धान दिवस विशेष : कालो धानको चामलका अनेक फाइदा, क्यान्सर लगायत घातक रोगको समेत औषधि… (भिडियो रिपोर्ट)

भक्तपुर । भक्तपुर निवासी ठाकुर त्रिपाठी, सकारी जागिरको अवकासपछि अहिले कृषि कर्ममा छन् । उनी अहिले कालो धान फलाउने र विक्री वितरण गर्ने काम गरिरहेका छन् । नेपालका पाँचतारे होटलदेखि नेपाली भान्साहरुमा निकै रुचाइएको कालो धानको चामल उच्च पोषणयुक्त धान हो । पछिल्एलो समय धेरै लोकप्रिय बनिरहेको कालो धानका विषयमा आजको अंकमा हामीले बुझ्ने प्रयास गरेका छौँ। 
क्यान्सर, अल्जाइमर्स, मधुमेह र ब्लड प्रेसरजस्ता रोगविरुद्ध लड्न सक्ने क्षमता यो धानमा रहेको छ । अन्य चामलजस्तै गरी सेवन गरेमा उच्च पोषण तत्वका कारण पचाउन नसकिने यो धानको चामललाई पकाउनुअघि दुई घन्टा भिजाउनुपर्ने बताउँछन् कालो धान विज्ञ ठाकुर त्रिपाठी । अन्तर्राष्ट्रिय बजारमा पनि यो धानको माग बढ्दै गएको छ ।
ठाकुरका अनुसार यो चामलमा पाइने औषधीय गुणले गर्दा मधुमेहका रोगीले सजिलै खान मिल्ने, हृदय रोगी, एलर्जी, मोटोपना, क्यान्सर रोगीले खादा रोग निको हुन निकै लाभ पुयाउछ । उनका अनुसार नेपालको जमिनमा यो धानले प्रवेश गरेको केहि समयमात्र भएको छ । हेरौं कालो धान र कालो चामलका बारेमा अर्थ सरोकार सहकर्मी मुना तामाङ र रेखा चन्दले ठाकुरको खेतमै गएर तयार गरेको यो सामाग्री : 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: