सेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी ईन्टरनेशनल अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट


काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक र धापासीस्थित ग्रान्डी ईन्टरनेशनल अस्पतालबीच विभिन्न सेवा सुविधामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक बिकास मान सिंहले हस्ताक्षर गरेका हुन् ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक तथा संस्थापक शेयरधनीलाई सहुलियत दिन उक्त सम्झौता गरेको हो । सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शेयरधनीहरुले अस्पतालको थुप्रै सेवामा आकर्षक छुट पाउनेछन् ।
प्रकाशित मिति : Monday, December 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal