×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

छ्याङदी हाइड्रोपावरले गर्यो ५.२६% लाभांश दिने घोषणा, पुस २९ मा बोलायो साधारणसभा !

काठमाडौं – छ्याङदी हाइड्रोपावरले ५.२६% लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको ६४औँ बैंठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५% बोनस सेयर र बोनसमा लाग्ने करका लागि ०.२६% नगद लभांश दिने निर्णय गरेको हो । कम्पनीले १ करोड ३५ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ७ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।
यता, छ्याङदीले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा बोलाएको छ । सभामा बोनस सेयर पश्चात कायम हुने पुँजीबाट ३०% हकप्रद ल्याउने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि छ्याङदीले पुस १५ गते बुक क्लोज गर्दैछ । पुस १४ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: