×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमई बैंकको भव्य कार्यक्रमको ‘असभ्य’ पारा, चिन्तामणि शिवाकोटीको घोर अपमान, गल्ती त कति हो कति !

काठमाडौँ । मङ्सिर २० गते शुक्रबार ग्लोबल आइएमइ बैंकको कर्पोरेट कार्यालयमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम यस कारण पनि भव्य थियो कि देशका दुई वाणिज्य बैंकहरु ‘एक’ हुँदै थिए । तर यति भव्य कार्यक्रम ‘सभ्य’ भने थिएन । कार्यक्रमका केहि दृश्यहरु हेर्दा लाग्थ्यो यो कुनै बैंकको कार्यक्रम होइन, बरु अस्तव्यस्त देखिने कुनै उपभोक्ता समितिको कार्यक्रम हो । कसलाई पहिला आशन ग्रहण गराउनुपर्छ भन्नेसमेत थाहा नभएका कार्यक्रम संचालक विष्णु बास्कोटाले संचालन गरेको उक्त कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको घोर अपमान मात्र भएन, ‘अतति’ भएपछि उनी कार्यक्रम स्थलबाटै बाहिरिनुपर्यो । 

यसरी भयो चिन्तामणिको अपमान 
कार्यक्रममा बोलाइएका अथितिमध्ये एक थिए नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी । अवको गभर्नरका रुपमा चर्चासमेत चलेका उनलाई कार्यक्रममा यतिसम्म अपमान गरियो कि उनलाई बैंकर्स संघका पूर्व अध्यक्ष (अव केहिदिनको लागि कामु अध्यक्ष)लाई भन्दा पछि आशन ग्रहण गराइयो । आशन ग्रहण भनेको बरिष्टताका आधारमा गरिने हो । तर ग्लोबल आइएमइ बैंकले चिन्तामणि शिवाकोटीभन्दा ज्ञानेन्द्र ढुंगाना बरिष्ट देखियो । उनलाई गरिएको अपमान यतिमा मात्र सिमित भएन । कार्यक्रममा अथितिका रुपमा बोलाइएका उनलाई कार्यक्रममा मन्तव्य राख्न पनि दिइएन । जव कि उक्त कार्यक्रममा व्यापारीका प्रतिनिधिहरुले समेत आफ्नो मन्तव्य राखेका थिए ।
अत्ति भएपछि बाहिरिए चिन्तामणि !
यसो त डेपुटी गभर्नरलाई ज्ञानेन्द्र ढुंगानापछि मात्र आशन ग्रहण गराइएको विषयलाई लिएर कार्यक्रमस्थलमै पत्रकारदेखि बैंकका कर्मचारीसम्मले खानेखुसी गर्न थालिसकेका थिए । कतिपयले ‘ससुराली बैंक’मा यस्तै हो भनेर व्यंग्य पनि गरे । शिवाकोटीकी श्रीमती उक्त बैंकमा काम गर्छिन् । त्यहि भएर पनि कार्यक्रममा उनलाई खास वास्ता गरिएन भन्ने चर्चा पनि दर्शकदीर्घामा चलिरहेको थियो । यता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर कार्यक्रममै झन्डै निदाएको तस्विर अर्थ सरोकार डटकमले ब्रेक गरेपछि यसको चर्चा पनि कार्यक्रममा खुब भयो । बोलाइएभन्दा ढिलो कार्यक्रम सुरु गर्ने, राम्रो बस्ने ठाउँको व्यवस्था पनि नगर्ने, सीइओ आफैं हाइ काढेर बस्ने, र ज्ञानेन्द्र ढुंगानाभन्दा आफुलाई जुनियर बनाएको पारा देखाउने र बक्ताका रुपमा पनि प्रस्तुत नगर्ने देखेर अति भएछ सायद, कार्यक्रम नसकिंदै चिन्तामणि शिवाकोटी कार्यक्रमस्थलबाट बाहिरिएका थिए । कार्यक्रमको अन्त्यमा सबैलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो । शिवाकोटीलाई दिन ल्याइएको ‘टोकन अफ लभ’ अन्तिम समयसम्म टेबलमा लडिरहेको थियो । 

कमजोरी नै कमजोरीका बीच कार्यक्रम सम्पन्न !
यसो त चिन्तामणि शिवाकोटीलाई आशन ग्रहण गराउने कुरामा मात्र होइन संसद जिपछिरीङ लामालाई आशन ग्रहण नगराएको देख्दा कार्यक्रम कता-कता खल्लो देखिन्थ्यो । उनलाई कार्यक्रममा बोलाएर आशन ग्रहण नगराएपछि चन्द्र ढकाल आफैं पोडियममा पुगेर कार्यक्रम संचालक विष्णु बास्कोटालाई हकार्दै उनलाई आशन ग्रहण गराएका थिए । कार्यक्रम यतिसम्म अव्यवस्थित  थियो कि बोलाइएका भन्दा आधा मान्छे कार्यक्रममा आउँदासमेत आएकामध्ये आधाजसोले उभिएरै कार्यक्रम हेर्नुपरेको थियो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: