अर्थ सरोकार समाचार प्रभाव : सिटिजन्स लाइफ इन्स्योरेन्सले सच्यायो 'झुट', भ्रामक जानकारी वेवसाइटबाट हटाइयो !


काठमाडौँ । स्थापनाकाल देखि नै अनेक विवादमा आइरहेको सिटिजन्स लाइफ इन्स्योरेन्सले प्रति'बन्धित धन्दा'को झुटो प्रचार गरिरहेको खबर अर्थ सरोकारले प्रकाशन गरेपछि कम्पनीले उक्त झुटो प्रचारलाई सच्याएको छ । मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्ने बीमा कम्पनीहरुको संस्थागत एजेन्टको कामलाई प्रतिबन्ध लगाए पनि सिटिजन्स लाइफले भने यसको प्रचार गरिरहेको थियो । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो 'वेबसाइट' मा 'कर्पोरेट एजेन्ट्स' को नाम दिएर बीमा गर्नका लागि सम्झौता गरिएका बैंकहरुका नाम उल्लेख गरी राखेको खबर अर्थ सरोकारले सार्वजनिक गरेकै दिन कम्पनीले उक्त भ्रामक जानकारी हटाउने निर्णय गरेको थियो ।  

अर्थ सरोकार डटकमले सिटिजन्स लाइफ इन्स्योरेन्सको वेव साइटमा भएको भ्रामक जानकारीसहितको समाचार ब्रेक गरेको थियो । 


अहिले कम्पनीको वेव साइटमा कर्पोरेट एजेन्ट्स भन्ने देखिन्दैन ।

हेर्नुहोस् अर्थ सरोकार डटकमले यस अघि प्रकाशित गरेको समाचार 

'प्रतिबन्धित धन्दा'को झुटो प्रचार गर्दै सिटिजन्स् लाइफ इन्स्योरेन्स, सूचना अधिकारीको गैरजिम्मेवार जवाफ (प्रमाणसहित)

प्रकाशित मिति : Tuesday, December 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal