×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिभिल बैंकको ९औँ वार्षिक साधारणसभा सम्पन्न, ६.५७% नगद लाभांश पारित !

काठमाडौं – सिभिल बैंकको प्रस्तावित ६.५७% नगद लाभांश पारित भएको छ । आइतबार डिल्लीबजारको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न बैंकको नवौं वार्षिक साधारण सभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
यससँगै बैंकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रतिशेयर ६.५७% का दरले हुन आउने ५२ करोड ५८ लाख २२ हजार ७०१ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।
साथै सभाले आ.व. २०७६/०७७को लेखापरिक्षण गर्नको लागि एनबीएसएम एण्ड एशोसियटस्लाई लेखापरिक्षकमा नियुक्त गरेको छ । साथै, सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन ( मर्जर ) वा प्राप्ति (एक्विजिसन ) गर्ने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।
बैंकले नेपालमै पहिलो पटक बचतकर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । हाल बैंकको शाखा संख्या १०२ र एटिएम संख्या ७६ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: