×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लाहानमा अर्को बैंकिङ क्राइम : सिभिल बैंकबाट रकम लुट्ने प्रयास असफल, एटिएम मेशिन क्षतिग्रस्त !

काठमाडौँ । सिभिल बैंकको सिराहास्थित लहानमा रहेको एटिएम बाट पैसा चोर्ने दुष्प्रयास भएको छ । शाखाका शाखा प्रबन्धक सरोज घिमिरेले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार अनुसार उक्त एटिएममा राखिएको करिब १५ लाख रुपैयाँ लुट्ने लुटेराको प्रयास असफल भएको हो ।
लहान नगरपालिका-४ मा कृष्ण गुप्ताको घरको भुइँतलामा राखिएको सटरमा मान्छे पस्न सक्ने प्वाल बनाएर लुट्ने प्रयास भएको देखिन्छ । यता पैसा चोर्ने काम असफल भएपनि करिब १५ लाख रुपैयाँ पर्ने एटिएम भने क्षतिग्रस्त भएको छ । इलाका प्रहरी कार्यालय लहानको टोली थप अनुसन्धान गरिरहेको छ ।
केहि महिनाअघि पनि सिरहाको लहानस्थित कृषि विकास बैंकको युजर र पासवर्ड ह्याकिङ् गरी कर्मचारीको मिलेमतोमा करिब पाँच करोड रुपैयाँ रकमान्तर भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: