डिप्रोक्स लघुवित्तले बम्पर लाभांश दिँदै, हेर्नुहोस् बोनस र नगद कति ?

काठमाडौँ - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो सेयरधनीहरुलाई ४५% लाभांश दिने भएको छ । संस्थाको बुधबार बसेको सञ्चालक समितिको २५९ औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ३०% बोनस सेयर र १५% नगद लाभांश गरी कुल ४५% लाभांश दिने निर्णय गरेको हो । 

संस्थाको चुक्ता पुँजी ७७ करोड ३४ लाख १० हजार रुपैयाँ रहेको छ । यो लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Wednesday, December 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal