सोमबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ३५ रुपैयाँमै कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ८ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय १६ रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Monday, December 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal