शुक्रबार बढेको सुनको मूल्य आज फेरी बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रति तोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ३ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३३ रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Sunday, December 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal