×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरिमा विकास बैंकको नयाँ शाखा सिमरामा, राष्ट्र बैंक बीरगञ्जका निर्देशक थापाद्वारा उद्घाटन

सिमरा

काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले (सोमबार) पौष १४ गते जितपुरसिमरा उप–महानगरपालिका वडा नं.- २, सिमरामा स्थापित सिमरा शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक बीरगञ्जका निर्देशक राजन विक्रम थापाले गरे । 
कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक भुपेन्द्र बहादुर खड्काले बारा जिल्लाको औद्योगिक नगरी सिमरामा खोलेको विकास बैंकको सिमरा शाखाले त्यस क्षेत्रको औधोगिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास रहेको बताए । 
विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले सम्पूर्ण आधुनिक सुविधासहित स्थापना गरिएको सिमरा शाखाबाट विकास बैंकले ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रवाह गर्ने बताउनुभयो । साथै, वहा¤ले विकास बैंकले सदैव संस्थागत सुशासनलाई उच्च महत्व दिदैं अगाडि बढेको कारणबाट नैं देशको उत्कृष्ट विकास बैंकको रुपमा स्थापित हुन सफल भएको बताए  । 
गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले २०७६ पौष १३ गतेसम्म ३७ अर्ब निक्षेप संकलन गरी करिब ३३ अर्ब कर्जा लगानी गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: