×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमई बैंकको सामाजिक कार्य : सुस्ता गाउँपालिका ५,पक्लिहवामा २०० थान ब्लाङ्केट वितरण

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५, पक्लिहवामा २०० थान ब्लाङ्केट वितरण गरेको छ । 
आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. ५ का सचिब रामप्रसाद खरेल, मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रदेश नं. ५ का सचिब टेकनारायण पाण्डे, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, निजामती कर्मचारी श्रीमती संघका अध्यक्ष चन्द्रकला रेग्मी तथा बैंकका प्रदेश नं. ५ का सहायक प्रमुख कविन्द्र रेग्मीले शनिबार आयोजित एक कार्यक्रममा सुस्ताका विपन्न समुदायका २०० परिवारलाई संयुक्तरुपमा ब्लाङ्केट हस्तान्तरण गर्नुभएको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निजामती कर्मचारी श्रीमती संघसँगको सहकार्यमा नवलपरासीको सुस्ताका विपन्न समुदायलाई जाडोमा ब्लाङ्केट वितरण गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: