×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ठूलो बैंकको ‘अस्पष्टताको राजनीति’ : बोर्डमा भ्रामक जानकारी राखेर ग्राहकलाई भ्रम छर्दै ग्लोबल आइएमई ! (तस्विरसहित)

काठमाडौँ । तत्कालीन ग्लोबल आइएमइ बैंक र तत्कालीन जनता बैंक एक आपसमा मर्जर भइ बन्यो नेपालको सबैभन्दा ठुलो बैंक र नाम रह्यो ग्लोबल आइएमई बैंक लिमिटेड । तत्कालीन हाथवे फाइनान्ससँग प्राप्तिको प्रक्रिया चलिरहेकाले सो प्रक्रिया सकेर औपचारिक मर्जरमा गए जनता बैंक र ग्लोबल आइएमई बैंक । मर्जर भएकाले दुबै बैंकको सेयर कारोबार पनि रोक्का भयो । बिग मर्जरको एउटा नमुना बने तत्कालीन जनता बैंक र तत्काल्नी ग्लोबल आइएमई बैंक लिमिटेड । तर यो मर्जर हो वा प्राप्ति भन्ने कुरामा बैंककै ब्रान्डीङ विभाग अल्मलिएको पाइएको छ । तत्कालीन जनता बैंकका थुप्रै उपल्लो तहका कर्मचारीसमेत कामसमेत गर्ने तिनकुनेको कार्यालय अहिले ग्लोबल आइएमई बैंक लिमिटेडको तिनकुने शाखा बनेको छ । तर नियमअनुसार राख्नुपर्ने विवरणमा भने बैंकले भ्रामक शब्द राखेको पाइएको छ ।
बैंकको बोर्डमा ‘ग्लोबल आइएमई बैंक लि.ले साबिकको जनता बैंक लिमिटेडलाई गाभेको र हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरेको’ उल्लेख छ ।  जवकी लेख्नुपर्ने, ‘ साबिकको ग्लोबल आइएमई बैंक लि. र साबिकको जनता बैंक लिमिटेड एक आपसमा गाभिएर र हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरी बनेको संस्था) लेखिनुपर्ने थियो भन्छन् बैंककै एक उच्च अधिकारी । ‘बोर्डमा लेखिएजस्तो ग्लोबलले जनतालाई गाभेको होइन । लेखिएको बाक्यांसले कतै न कतै ग्लोबल आइएमईले जनतालाई आफुमा गाभेको भन्ने अर्थ जान्छ । वास्तवमा भएको त्यस्तो थिएन । दुई संस्थाबीच मर्जर भएको हो भने मर्ज्ड बैंकको नाम ‘ग्लोबल आइएमइ बैंक राखिएको हो । हामी जनताबाट आएकाले यस्तो कुराले मन छोयो । तर मेरो नामचाहिं उल्लेख नगर्नुहोला । सबै ब्राण्डीङको काम तत्कालीन ग्लोबल आइएमइ बैंकका साथीहरुले गरेको हुनाले यस्तो भएको हुनसक्छ ।’ ती अधिकारीले अर्थ सरोकारसँग भने ।     
यस विषयमा बैंकको आधिकारिक धारणा माग्न हामीले बैंकका सूचना अधिकारी सुरेन्द्र राज रेग्मीलाई फोन गरेका थियौं । बैंक ठुलो भएपनि उनको पारा भने पूरानै देखियो । हत्तपत्त संचारकर्मीको फोन नउठाउने, सूचना सकेसम्म लुकाउने । उनको फोन नउठेपछि हामीले ग्लोबल आइएमई बैंकका ब्रान्च मेनेजर सनत आचार्यलाईसमेत फोन गर्यौं । बैंकको वेवसाइटमा उल्लेखित उनको सम्पर्क नम्बरमा पनि फोन उठेन ।
बैंक ठुलो हुँदै गर्दा गल्तीहरु हुन्छन् । तर यस्तो गल्तीले तत्कालीन जनता बैंकका कर्मचारीहरुलाई मानसिक रुपमा अलि प्रेसर दिन्छ कि भन्ने हाम्रो सरोकारको विषय हो । बैंकले गल्ती सच्याओस् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: