×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता बैंक र ग्लोबल आइएमई बैंक आजबाट एक, वाणिज्य बैंकको सूचीबाट जनताको नाम औपचारिक रुपमा विलय

काठमाडौँ । ग्लोबल आइएमई बैंक र जनता बैंकको एकिकृत कारोबार औपचारिक रुपमा शुरु भएको छ।  मर्जरपछि ग्लोबल आइएमइ बैंकबाट शुक्रबार (आज) बाट एकिकृत कारोबार सुरु भएको हो । वाणिज्य बैंकको सूचिबाट जनता बैंकको नाम अब पूर्ण रुपमै विलय भएको छ । २८ वटा वाणिज्य बैंकहरुमध्ये अब २७ वटा वाणिज्य बैंकमा कायम भएको छ । मर्जसँगै ग्लोबल आइएमइ बैंक सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । 

मर्जर पश्चात बैंकको चुक्ता पुँजी १९ अर्ब पुगेको छ भने  निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।यस्तै बैंकका ७ वटै प्रदेशका ७७ वटै जिल्लामा ३ सय भन्दा धेरै शाखा, २५९ वटा एटीएम बुथ, २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा प्रतिनिधि कार्यालय ३ वटा गरी कूल सञ्जाल ८ सय ३८ पुगेका छन् । बैंकमा ३ हजार २ सय ५० भन्दा बढी कर्मचारी र २० लाख ग्राहक छन् । बैंकको अध्यक्षमा चन्द्र प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर रहनेछन् । प्रमुख कार्यकारी अधिकृत कुँवर यसअघि जनता बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका थिए भने ढकाल ग्लोवल आइएमई बैंकका अध्यक्ष हुन्।
यसो त ग्लोबल आईएमई बैंक २०६३ साल पुस १८ गते देखि संचालनमा आएको थियो भने जनताले २०६६ चैत २३ गतेदेखि आफ्नो कारोबार सुरु गरेको थियो । ग्लोबल १९ औं वाणिज्य बैंकक रुपमा र जनता २७ औं वाणिज्य बैंक रुपमा आएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: