हेर्नुहोस् बिहिबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ - साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रति तोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६२ हजार ४ सय १५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ६३ रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Thursday, December 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal