हेर्नुहोस् बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ७ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ११ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित मिति : Wednesday, December 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal