जनता बैंकप्रति राष्ट्र बैंकका गभर्नर नेपालको व्यंग्य, 'कर्मचारीले अरुको चेक दिए, नाेटकाे बिटाे दिए भने के गर्ने ?'

काठमाडौँ । आजबाट ग्लोबल आइएमइ बैंकसँगको मर्जरसँगै नाम निसान नै हराएर अस्तित्व नै सकिएको जनता बैंकप्रति नेपाल राष्ट्र बैंकका गभर्नर चिरंजिवी नेपालले साइबर सुरक्षाको विषयलाई लिएर व्यंग्य गरेका छन् । नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर नेपालले साइबर सुरक्षामा नेपाल धेरै पछाडी रहेको बताउँदै उनले व्यंग्य गर्दै भने ' बैकहरूमा स्टाफले नै अरूकाे चेकबुक दिन्छन, पहिले हामीले सुधार गरौ, एकैपटक धेरै गर्नुपर्ने अवस्था आएकाे छ । बैकका कर्मचारीले चेक मात्रै दिए, नाेटकाे बिटाे दिए भने के गर्ने ।'

साथै उनले ब्याजदर र टेक्नाेलाेजीको चुनौती देखिएर नै आफुले मर्जरको कुरामा जोड दिएको प्रष्ट पारे । 'धेरै बैंक हुँदा पैसा पनि धेरै तिर छरिन्छ र खर्च बढेर ब्याजदर पनि बढ्छ , बैंक मर्जमा गए यो कुरो एडजस्ट हुन्छ।'उनले भने । उनले विश्वकाे बैकिङ फाेरममा जाँदा नेपालकाे बैकिङकाे कुरा गर्न पनि लाज लाग्ने गरेको बताए । 'यहाँ सिइओहरू हुनुहुन्छ, टाइसुट लगाउनुभएकाे छ, राम्राे हुनुहुन्छ, तर विदेशी फाेरममा जाँदा नेपालमा सुरू नै नभएकाे विषयमा कुरा हुन्छ त्यसैले त्यस्ताे कार्यक्रममा सहभागी हुन लाज लाग्छ ।'
प्रकाशित मिति : Friday, December 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal