×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गभर्नर चिरञ्जीवि नेपालको प्रश्न : सहुलियत दिँदा पनि लगानी किन बढेन ? उद्योगी भन्छन् : वातावरण बनेन् (भिडियो रिपोर्ट)

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले नीतिगत सुधारसँगै मुलुकको अर्थतन्त्र सकारात्मक भएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २२ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर नेपालले नीतिगत सुधार भएपछि पछिल्लो तीन वर्ष आर्थिक सूचकहरु सकारात्मक रहेको बताउनुभयो । 
उहाँले नीतिगत सुधारसँगै ब्याजदरमा सुहलियत दिंदा समेत उद्योगी व्यवसायीहरुले लगानी बढाउन नसकेको भन्दै प्रश्न समेत गर्नुभयो । सरकारले उद्योगीहरुलाई कम ब्याजदरमा पुर्नकर्जा र रोजगारी बढाउन सहुलियत ऋण दिएपनि उत्पादन बढन नसकेको बताउनुभयो । जसका कारण आर्थिक सूचकहरु सकारात्मक रहेपनि व्यापारघाटा उच्च रहेको उहाँले बताउनुभयो ।
गभर्नर नेपलले राष्ट्र बैंकले सुविधाभोगी क्षेत्रमा ब्याजदर नघटाउने तर निर्यातजन्य उत्पादनमूलक उद्योगका लागि ब्याज सहुलियत दिने नीति लागू गरेको समेत बताउनुभयो । कार्यक्रममा आर्थिक पत्रकार समाज (सेजनले) छापा र विद्युतिय माध्यममा उत्कृष्ट रिपोर्टिङ गर्ने दुईजना आर्थिक पत्रकारहरु मातृका दाहाल र केदार दाहाललाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गरेको थियो । त्यस्तै सेजनले लामो समयदेखि आर्थिक पत्रकारिता गरिरहेका नितु पण्डित, शिव दुवाडी, जुनारबाबु बस्नेत र रामप्रसाद दाहाललाई सम्मान गरेको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: