लहानमा हिमालयन बैंकको नयाँ शाखा सञ्चालन, शाखा सञ्जाल ६४ पुग्यो

लहान
काठमाडौं - हिमालयन बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा लहानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मंगलबारदेखि सञ्चालित उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले गरेका हुन् ।

सो अवसरमा प्रमुख अतिथिले नयाँ शाखा कार्यालय मार्फत स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले स्थानीयलाई सहयोग पु¥याउने र उत्पादनशील व्यवसायमा संलग्न व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास गरेका छन् । ।

उक्त नयाँ शाखासहित बैंकको देशभरिमा ६४ वटा शाखा सञ्चालनमा छन् भने चालु आवको अन्त्य सम्ममा थप १२ वटा शाखा सञ्चालनमा ल्याउने लक्ष्य बैंकले लिएको छ ।
प्रकाशित मिति : Tuesday, December 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal